Tuesday, April 12, 2011

''अधुरो त्यो कहानि मा''

आउदिन अधुरो त्यो कहानि मा फेरि
आउदिन निरस त्यो जवानी मा फेरि
म आउदा हुस्सु बनि छेकि दिन्छौ भने
आउदिन हुस्सु लाग्ने बिहानी मा फेरि
मिठो थियो सपनी त झस्किए म तर
आउदिन झस्काउने सपनी मा फेरि
झुटो रैछ बाचा तिम्रो ढाँटेएर गयौ
आउदिन ढटाउने बिपनी मा फेरि
ठेस माथि ठेस लाग्यो तिम्रो पछि लाग्दा
आउदिन ठेस लाग्ने आगनी मा फेरि

No comments:

Post a Comment