Saturday, July 30, 2011

कथा(चौँरीखर्कमा ऊँट)


"दसैंमा घर आउँदा ऊँटका एक जोडी पाठापाठी तपाईंसँगै हवाइजहाजमा राखेर लिएर आउनू है," विकासले बालाई फोनबाट आफ्नो माग सुनायो। बाले हाँस्दै भने, "पहाडमा पनि ऊँट बाँच्छ र छोरा? खेलौना ऊँट ल्याउने भए ल्याइदिन्छु।"
बाको कुरा विकासले के मान्थ्यो? "हाम्रो चौँरी गोठमा बस्छ, चौँरीले खाने घाँस कुँडो त्यसले पनि खान्छ," उसले ऊँट जसरी पनि लिएर आउन भन्यो। आफूले कसैलाई दुःख नदिने र चौरीखर्कका ऊँट चराउने कुरा पनि बतायो। ऊँट नल्याइदिए आफू स्कुल नजाने र बासँग पनि नबोल्ने भन्दै जिद्दी पो गर्न थाल्यो।
विकासका बालाई फसाद पर्‍यो। तैपनि उनले सम्झाउँदै भने, "तिम्रो स्कुलको भूगोल पढाउने मिससँग सोध त बाबु  ऊँट कस्तो ठाउँमा बस्छ? के खान्छ? अनि मिसले पनि ल्याउन भन्नुभयो भने म ल्याइदिन्छु।" मिसलाई त जसै मनाउँछु भन्दै विकास गदगद भो।
म्याग्दीको खोप्रालेकछेउ बस्ने विकासका बा समर सारू खाडी देशमा गएको चार वर्षभन्दा धेरै भइसकेको थियो। त्यहाँ उनी एक जना धनी शेखको ऊँटगोठमा काम गर्थे। साहुका विश्वासपात्र थिए उनी। आम्दानी राम्रै थियो। त्यसैले अरबको मरुभूमिको उखर्माउलो गर्मी पनि उनले सहेर बसेका थिए। उनले चाहे अरबबाट दुईचार जोडी ऊँट ल्याउन नसक्ने थिएनन्।
यता भूगोल पढाउने मिसको पढाउने पालो कुर्दै थियो विकास। मिस आउनेबित्तिकै उसले मिससँग सोध्यो, "ऊँट कहाँ पाइन्छ मिस?"

Tuesday, April 12, 2011

बिछोडमा एकलाई छु

बिछोडमा एकलाई छु
मिठो मिलन कहिले होला
आँफै सग आँफैमै हार खाई सके
मेरो अर्थ के नै होल
लौ त अब कसो गरौ साथ दिने छैनन
व्यासारा नयाँ जिबन दिने को नै होला
म त नढाटी के गरौ तिमीलाई पाउन
तपस्याको फल दिने आउनेछु
तिम्रो कहिले होला गतिसक्यौ
तिमी मेरी हदय को यो आसमा
कहिले होल मलाई जस्तो तिमीलाई
पनि यस्तो अभास कहिले होला
तब तिमीलाई थाहा होला
कती आनैठो रहेछ जिन्दगी बेदना लुकाएर हास्नु पने कती गरीब रहेछ जिन्दगी आसुपिएर बाच्नु पर्ने बाची रहोस सम्झना जहाँ रहेपनी रही रहोस सम्बन्ध युगौ युगौ बितेपनी हासी खुशी रहनु तपाईं जहाँ रहेपनी जिबन पागलसरी सोचिरहनु त्यो त केबल सम्झना मात्र हुँदारहेछ भबिश्यलाई सम्झेर कहिले नरुनु त्यो त केबल कल्पना मात्र हुदोरहेछ जिबन केबल रङ्ग मञ्छ रहेछ जस्तो भए पनि आभिनय गर्नु पर्ने जिबन त एक अबिरल यात्रा रहेछ संघष गरी अगाडि बढनु पर्ने जिबन त ढुगा सारी पो रहिछ जस्तो पारीश्थतिमा पनि तर्ने पर्ने जिबन त आनौठो यात्र रहेछ...................................................

''मेरो अधुरो प्रेम''

न त तिमि नै बोल्न सकेउ न त म नै बोल्न सके
थुप्रै थुप्रै कथा बेथा हरु साँचेर ल्याएको थिए न त त्यो नै खोल्न सके
तिम्रो उपस्थिति बिनाको यो जिबन अब त मलाई अधुरो अधुरो लाग्न थालिसक्यो
खै कसरि भनौ प्रिये यो दुइ दिनको जिन्दगि पनि अब त मुल्यहीन लग्न थालिसक्यो
तिम्रो लागि मैले ज्यान नदिएको पनि होइन येदी चहन्छ्यौ भने प्राण नै त्याग्न तयार छु
खै कसरि बिश्वास दिलाउ प्रिये, तिमि भंछेउ भने त यो छाती नै चिरेर देखाउन तयार छु
तिम्रो बैशालु यौबन त मेरो लागि गलाको पासो नै बन्न पुगेछ
हामी दुइ बिचको प्रेम पनि अब त सबै सबै को लागि हाँसो नै बन्न पुगेछा
ठिकै छ हँसाउ सबैलाई अनि तिमि पनि हाँस म त चाहेर पनि हास्न सक्तिन

''अधुरो त्यो कहानि मा''

आउदिन अधुरो त्यो कहानि मा फेरि
आउदिन निरस त्यो जवानी मा फेरि
म आउदा हुस्सु बनि छेकि दिन्छौ भने
आउदिन हुस्सु लाग्ने बिहानी मा फेरि
मिठो थियो सपनी त झस्किए म तर
आउदिन झस्काउने सपनी मा फेरि
झुटो रैछ बाचा तिम्रो ढाँटेएर गयौ
आउदिन ढटाउने बिपनी मा फेरि
ठेस माथि ठेस लाग्यो तिम्रो पछि लाग्दा
आउदिन ठेस लाग्ने आगनी मा फेरि

"अधुरो" संसार''

गोधुँलिको साँझ भन्दा रातै मन पर्‍यो
सौन्दर्यको के कुरा गरु बातै मन पर्‍यो

कैले यता कैले उता सरि राख्ने मन
समाएर बाँधिराख्ने हातै मन पर्‍यो

नशालु छन नजर तिम्रो नशालु छ अधर्
बेहोशिमा ढलाई राख्ने मातै मन पर्‍यो

फूलीराख तिमी म हेरी रहुँला सधैं
यो "अधुरो" लाई तिम्रो साथै मन पर्‍यो

जिन्दगीको गह्रु भारी जसो तसो बोकियो
अफ्ठेरो रहेछन बाटोहरु जताततै ठोकियो

परिश्रमले आफ्नो भाग्य आँफै लेखु भन्थे
हातको रेखा उस्तै रह्यो दुखै फेरी रोपियो

दुइदिनको जिन्दगी यो जिउन कस्तो गाह्रो
दु:खहरु साथमा रहे सुख सबै पोखियो

अरु जस्तै मेरो पनि सुखसँग बाच्ने रहर
रहरहरु पुरा नभै पाइला यही रोकियो''

Monday, April 11, 2011

अधुरो सपना

पूरा नहुने त्यस्तो सपना साचेर के बस्नु
मन रुन्छ त्यस्तो धुनमा नाचेर के बस्नु ।
मिलनको क्षण टाढियो यसै झन पर पर
खियो औंला, सालै पिच्छे भाचेर के बस्नु ।
शितको बगैचा गोडमेल गदै प्रित सम्झे मैले
बिलायो पलभरमै,यस्तो माला गासेर के बस्नु ।
हिर्दय मेरो रुदैछ यो पल सम्झेर सपना
रसिन्छ प्याला देखावटी हासो हासेर के बस्नु ।
नपाउने देखेछु ,सपना मैले यो ससारमा
सोच्छु उदास यो जीवन बाचेर के बस्नु ।

अधुरो सपना

अधुरो सपना
थाहा छैन यो जिंदगी को
अंत कहा हुने हो
भाग्यले पानी दुःखई-दुख
कतिन्जेल भोगने हो ?

भौतारिदै हाइड माँ ता
पुरा गर्न सपना हरु
रात भरी कुरी बसे 
भेटन भनी सपनाहरु.

रहर मात्र मेरो भयो
सपना तिम्रो पुरा भयो
झिनो आशा बाकि थियो
लुछेर भाग्य कटा गयो ?

बाटो कठीन् छ जिन्दगी को

बाटो कठीन् छ जिन्दगी को
तैपनी डटेर हिंड्न सिक
असफल्ता आइ लागे पनि
सफल्ता हासिल गर्न सिक
संसारमा धेरै मनिष हरु भेटिए पनि
सहि मनिष छुट्याउन सिक
स्वर्थी मानिस् भेटीयला
सतर्क भएर हिंड्न सिक
कसैले रुवाउन खोजे पनि
आजीवन हाँसेर हिंड्न सिक

Friday, March 18, 2011

आशुको जिन्दगी



आशु मात्र कति बग्छ यो आखाबाट
यो आखा केवल रुनको लागी मात्र पो हो कि ?
हास्नु खोज्यो यो आखाबाट आशु मात्र आउछ
कतै कहिँ मेरो भूल भएर पो हो कि? किन ?
सुख अनि हर्स त केवल छदै छैन यो जिन्दगी
केवल दूखै दुखको लगी मात्र हो की जिन्दगी
सधै बिर्सन खोज्यो खाली सम्झना मात्र आउछ
केबल यो जिन्दगी सम्झनाको लागी मात्र पो हो कि?
केवल मेरो मात्र पनि होइन जिन्दगी अरु सबैको उस्तै उस्तै पो हो कि?
यो जिन्दगी दूइ खोलाको पनि भएर पो हो कि किन ?